सालको काठ पक्राउ

फाइल तस्बिर

–दिपक पुरी
नडाहाः काठ तस्कारहरु व्दारा विहीवार रातीको समयमा सखुवाको चिरान काठ ओसार पसार गरिरहेको अवस्थामा बन कार्यालयको गस्ती टोलीले ३३ क्युविक फिट परिमाणको ४० थान सखुवाको चिरान काठ पक्राउ गरेको छ । उक्त कठा बराहक्षेत्र नगरपालिका वडा ९ भक्त चौक नजिक कोशी किनारमा बरामद गरिएको हो । बनको गस्ति टोली लाई देखेपछि काठ तस्करीमा संलग्नहरु फरार भएको रामधुनी सब डिभिजन बन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
डिभिजन बन कार्यालय सुनसरी र रामधुनी सब डिभिजन बन कार्यालय महेन्द्रनगरको संयुक्त टोलिले राती गस्ती गर्ने क्रममा करिब १० बजे कोशीको किनारमा बत्ति बालेर केही लगेको जस्तो देखेपछि उक्त स्थल पुगेका हुन् । त्यहाँ पुग्दा चिरानी गरिएको फाला बोकेर केही व्यक्तिहरु अघि बढी रहेका थिए । गस्ति टोली लाई देखेपछि उनिहरु काठ छोडेर भागेको रामधुनी सब डिभिजन बन कार्यालय महेन्द्रनगरका रेन्जर रमेश रेग्मीले बताए । उनले भने ‘हामीले पक्राउ गर्न खोजे पनि उनिहरु उक्त स्थानमा नपुग्दै भागेका थिए ।’ उनिहरुले छोडेको ४० थान सालको काठ बरामद गरी रामधुनी बन कार्यालय महेन्द्रनगरमा राखिएको उनले बताए । उक्त काठ कसको हो भन्ने अहिलेसम्म नखुलेको रेग्मीको भनाई छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *