राप्रपा सुनसरीले मनायो २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

इनरुवा सम्बादाता / पौष २७
नेपाल एकीकरणका महानायक अर्थात् राष्ट्र निर्माता बडामहाराजा पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी जिल्ला समितिले वक्तृत्वकला प्रतियाेगिता गरि भब्यताका साथ मनाएकाे छ।
सुनसरी सदरमुकाम इनरुवामा पृथ्वीनारायण शाहकाे कृतित्व तथा व्यक्तित्व विषयमा कक्षा १२ सम्मका ७ वटा विद्यालयका १५ जना विद्यार्थीहरु प्रतियाेगिका रुपमा सहभागी रहेका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष डम्बरबहादुर घिमिरेको सभाध्यक्षता तथा १ नं. प्रदेश समिति सचिव बासुदेव भट्टराईकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा वाेल्दै प्रमुख अतिथि भट्टराईले राजाकाे राजकाज भाेगेका र देखेकाहरु पैसाको चङ्गाेलमा फसेर धाेखा पुर्ण ढंगबाट नेपालीको गर्विलाे ईतिहासलाई नष्ट वनाउने काम गरेपनि गणतन्त्र अाएपछि जन्मिएका र राजाकाे प्रत्यक्ष शासन नदेखेका सा साना विद्यार्थीहरुले राजसंस्थाकाे अपरिहार्यता अर्थ्याउन सक्नु सार्थक भएको वताएका छन् ।
प्रतियाेगितामा १५ जना सहभागी भएकाहरू मध्ये प्रथम हुने जडेज माबी बराहक्षेत्रका भावना थापा , जनता माबिका लक्ष्मी कार्की दितिय ,जनता माबिका सुधा कार्की तृतीय र सारधा माबिका लक्ष्मी पौडेललाइ सान्त्वना गरि नगतसहित प्रमाणपत्र मेडलले सम्मान गरिएको थियो ।
साथै सहभागी सम्पूर्ण विद्यार्थीहरुलाइ सहभागिताको प्रमाणपत्र बितरण गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *