मेयर खनाललाई वडाको अधिकार कटौति गरेको आरोप

संगम बिष्ट / चतरा
केही महिना अगाडि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित वडा नं ६ का अध्यक्ष उद्बव पोख्रेलले वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाललाई एकलौटी राजनैतिक प्रतिषोधका आधारमा हैकम जमाएको आरोप लगाएका थिए । नेकपाका मेयर र कांग्रेसका वडा अध्यक्ष भएका कारण राजनैतिक खट्टपट भएको होला भनेर अनुमान लगाइएको थियो । त्यो कुरालाई नगरबासीले खासै महत्त्व दिएन ।
तर पौष २६ गते विहानीसंगै वडा नं ३ का अध्यक्ष रुद्र दाहालले स्थानिय सरकार सन्चालन एैन विपरीत नै वडा कार्यलयको अधिकार नगर प्रमुख खनालले मिचेको भन्दै कार्यपालिकाको प्रवक्ता पदबाट राजिनामा दिएको कुरा सार्वजनिक गरे पछि यश घटानाले चर्चा पाएको छ ।
नेकपाका जिल्ला सदस्य मेयर खनाललाई नेकपाका नगर सदस्य समेत रहेका वडा अध्यक्ष दाहालले जग्गा व्यसायीहरुसंग लागेर वडाको अधिकार खोसेको भन्दै यस्तो कार्य रोक्न अनुरोध गर्दै नत्र वडा अध्यक्ष पदवाटै राजिनामा दिने घुर्कि लगाएका छन् । वडा अध्यक्ष दाहाल मेयर खनालका निकट र विश्सिला नेताको रुपमा वराहक्षेत्रमा परिचित थिए।
राजनिनामा पत्रमा २०७६ वैशाख २७ गते बसेको वडा समितिको निर्णय र स्थानिय तह सन्चालन एैन २०७४ विरुद्ब वडा कार्यलय निर्माण गर्ने बिषयमा मेयर खनालले जग्गा व्ययसायी संग मिलेर वडा कार्यलय प्लोटिनमा वनाउने निर्णय मेयर खनालले वडा कार्यलयलाइ व्यस्यथा गरि निर्यण गरेका कारण निर्णय सच्याउन माग समेत पत्रमा नगर पालिका संग आग्रह गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *