महुली लघुवित्तको नायब कार्यकारी प्रमुखमा सिंह

मदन अधिकारी / सप्तरी
महुली लघुवित्त वितिय संस्था लिमिटेडको नायब कार्यकारी प्रमुखमा सरोज कुमार सिह नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिले २०७६ माघ १ गते देखी लागु हुने गरी सिंहलाई सो पदमा नियुक्त्त गरेको बताइएको छ । सिंह यस अघि यसै संस्थाको सामान्य प्रसाशन तथा मानव संसाधन विभाग प्रमुखमा कार्यरत थिए । नायब कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका सिंह लघुवित्त क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन् ।
सप्तरी जिल्लाको अग्निसाइर कृसनासवारण गाउपालिका ६ महुलीमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले प्रदेश नम्बर १, प्रदेश नम्बर २ र प्रदेश नम्बर ३ भित्रका १५ जिल्लामा आफ्नो कार्यक्षेत्र बनाई ४० वटा शाखा कार्यालय मार्फत् करिब ७५ हज़ार भन्दा वढी विपन्न वर्गका महिलालाई समूहमा आबद्घ गरी करिव ९२ करोड बचत सङ्कलन तथा २ अरव ३५ करोड कर्जा प्रवाह गरेको छ ।
हाल नियुक्ति भएका संस्थाका नायब कार्यकारी प्रमुख सिंह प्रती सदस्यहरुले अझ बढि सेवा पाउनेमा आशा राखेका छन् भने संस्थाले समेत सिंह प्रति निकै आशा राखेको प्रस्ट देखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *