महिला साना किसान कृषि सहकारी संस्थाको नयाँ अध्यक्षमा आचार्य सुबेदि

सुमन सागर खतिवडा / बेलका
महिला साना किसान कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभाबाट संस्थाको अध्यक्षमा कल्पना आचार्य सुबेदि सर्बसम्मत निर्वाचित भएकी छिन ।
पौष २७ गते भएको साधारण सभा बाट सुवेदी सर्बसम्मत निर्वाचित भएकी हुन। संस्थाको अन्य कार्य समितिमा उपाध्यक्ष कल्पना राउत,संचालकमा यसोदा रेग्मी सुवेदी,संखरवति चौधरी ,मन कुमारी राइ(घिमिरे),कृष्ण कुमारी श्रेष्ठ ,गोमा खड्का ,सरस्वती कार्की,चन्द्र्कला सेढाई रहेका छन।संस्थाको लेखा समितिमा यसोदा खतिवडा खनाल,अमृता धमला,गंगा श्रेष्ठ रहेका छन।
उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ९ मा रहेको महिला साना किसान कृषि सहाकारिको ८ औं बार्षिक साधारणसभा आइतबार सप्पन्न गरेको छ। यस संस्थामा अहिले ७ सय ९२ जना सदस्य रहेका छन।
औपचारिक कार्यक्रमका बिच सुचारु गरिएको कार्यक्रममा सभाध्यक्षता महिला साना किसान कृषि सहकारीकि अध्यक्ष निर्मला बस्नेतले गरेकि थिइन।
प्रमुख अतिथिमा बेलका नगरपालिकाका नगर प्रमुख दुर्गा कुमार थापा, विशेष अतितिथिमा बेलका नगरपालिका उप प्रमुख राज कुमारी चौधरी ९ नं बडा अध्यक्ष मोहन प्रसाद घिमिरे अतिथिमा वडा सदस्यहरु, सुरक्षा निकायका प्रमुख, ब्याबसायी, उधोगी विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका शेयर सदस्यको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मला बस्नेत बाट बार्शिक प्रतिबेदन प्रस्तुत गरिएको थियो।
बार्षिक प्रतिबेदनमा संस्थाको सदस्यता, शेयरपुंजी, बचत कर्जा लगानी, संस्थाले आफ्ना सदस्य लाई प्रदान गरेको विभिन्न सेवा सुबिधाका बारेमा प्रस्तुत गरिएको थियो।
संस्थाको आय ब्याय प्रस्तुत संस्थाकि प्रबन्धक शान्ता कुमारी अधिकार बाट प्रस्तुत गरिएको थियो ।
आगामी बार्षिक कार्ययोजनामा संस्थामा सदस्यता वृद्धि, बचतमा प्रोत्साहन गरि बचत वृद्धि , संस्थालाइ सामाजिक उत्तरदायी बनाइ सामाजिक कार्यमा समेत संलग्नता गराउने प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले ले बचत गर्ने बानीले आफुलाइ आर्थिक र सामाजिक रुममा सबल बनाउन मदत गर्ने र सुरक्षीत रुपमा ऋण लगानी गरि आफ्ना सदस्यलाइ जिबिको पार्जनाका आगि अवस्यक भौगोलिक बाताबरण अनुशार विभिन्न तालिम सन्चालन गर्नुपर्ने बताए।
थापाका अनुशार ग्रामीण क्षेत्रमा सहकारीमा भन्दा लघुबित्तमा बढी आकर्षण बढेकोले सहकारीको पहुँचको बारे स्थानियलाइ सदस्यता शिक्षाको ब्याबस्था गरिनु पर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै बिशेश अतिथी बेलका नगरपालिकाका नगर उम प्रमुख राज कुमारी चौधरीले सहकारीमा आबद्द सम्पुर्ण सदस्यको प्रोफाइल तयार गरि ऋण लगानी गर्दा कुन बिषयमा ऋण भुक्तानी गरिन्छ त्यो बिषयमा सदुपयोग छ छैन भनी अनुगमन गर्न सुझाव दिइन। नगर उप प्रमुख चौधरीले धेरै वटा सहकारी र लघुबित्त बाट एउटै सदस्यले ऋण झिक्ने र सदुपयोग नहुदा समस्या आएको बताउदै प्रभाव कारी रुपमा ब्याबस्थापन गर्नुपर्ने बताइन । एक सफल र सदस्यको मन जित्न सफल रहेको यश संस्था नेपालकै गुणस्तरीय बन्न सकोस भन्दै नगर उप प्रमुख चौधरीलेप शुभकामना ब्याक्त गरेकि थिइन।
कार्यक्रममा बोल्दै अन्य अतिथिले सस्थाको सफलता को शुभकामना ब्याक्त गरेका थिए।
कार्यक्रममा संस्थामा आबद्ध रहेका विभिन्न ब्याक्तिलाइ विभिन्न बिधामा सम्मान गरिएको थियो ।सम्मानित हुनेमा सबै भन्दा बढी शेयर रकम हुनेमा पम्फामाया बुढाथोकी लाइ ५ सय नगदले सम्मान गरिएको थियो।
सबैभन्दा बढी ग्रा.सु जम्मा गर्नेमा कौशिला थामी लाई ५ सय नगदले सम्मान गरिएको थियो। उत्कृष्ट ब्याबसायी उधमी किसान तर्फ मान कुमार थापा कोइराला , पन्चराइ मडल,श्री शाहलाइ प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो। सबै भन्दा बढी बाल बचत गर्नेमा स्वर्णिम जंग बिष्ट लाई कापी पेन दुवारा सम्मान गरिएको थियो। पशु पालन किसान तर्फ उत्कृष्ट बाख्रा पालन गर्नेमा कुमारी राइलाइ सफलताको शुभकामना सहित हौसला प्रदान गर्दै आरि प्रदान गरिएको थियो भने उत्कृष्ट भौसी पालन तर्फ बिन्दा चौधरी लाई बाल्टी प्रदान गरिएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *