महिला मानव अधिकार रक्षा सन्जाल बेलकाको ८ र ९ वडामा बिस्तार

सदाबहार सम्बादाता
बेलका,पौष २२
महिला मानव अधिकार रक्षक सन्जाल ०६० सालमा स्थापना भैइ महिलाहरुको अधिकारको क्षेत्रमा काम गर्दै आएको साझा सस्था हो ।
बेलका नगरपालिकामा रहेकोे महिला मानव अधिकार रक्षा सन्जालले वडा बिस्तारलाई अभियानको रूपमा तीव्रताका साथ अगाडि बढाइरहेको छ ।
देबि गिरिको अध्यक्षता गठन भएको नगर कार्य समितिले मंगलवार बेलका नगरपालिकाको वडा नम्बर ८ र ९ मा वडा स्तरीय समिति गठन गरेका छन् ।
बेलका नगरपालिकाको उपमेयर राजकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमबाट वार्ड न ८ मा उर्मिला रायमाझीको अध्यक्षतामा २१ सदस्य कमिटी तथा वार्ड न ९ मा गङ्गा राइको अध्यक्षतामा ४१ सदस्य कमिटी गठन गरिएको छ।
प्रमुख अतिथि उपमेयर चौधरीले महिला मानव अधिकार रक्षा सन्जाल एउटा साझा सस्था रहेकोे बताउदै यसले सम्पूर्ण महिलाहरुको हकहित तथा अधिकारको लागि अघि बढ्नु पर्ने बताइन् ।
कार्यक्रमको सभाध्यक्षता गरेका देबि गिरिले आफ्नो प्रमुख उदेश्य महिला मानव अधिकार रक्षा सन्जाललाई सबैको साझा सस्थाको रूपमा अगाडि बढाउदै नगरको सम्पूर्ण महिलाहरुको अधिकारलाई सुनिस्चित गर्ने बताइन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *