बेलका उधोग बाणिज्य संघको दोस्रो साधारणसभा सम्पन्न

बेलका सम्बादाता
बेलका उधोग बाणिज्य संघले आफ्नो दोस्रो बार्षिक साधारणसभा पौष २७ गते रामपुर बजारमा सप्पन्न गरेको छ।
औपचारिक कार्यक्रमका बिच सुचारु गरिएको कार्यक्रमको अध्यक्षता बेलका उधोग बाणिज्य संघका अध्यक्ष पर्शुराम अधिकारीले गरेका थिए।
प्रमुख अतिथिमा बेलका नगरपालिका प्रमुख दुर्गा कुमार थापा ,बिशेश अतिथिमा नेपाल कम्युनिस्ट पाटिका नगर सचिब गणेश बस्नेत , नेपाली कांग्रेसका प्रतिनिधि रुद्र आचार्य ,नेकपा का नेता रमण भट्टराई संघीय समाजवादी पाटी बेलका नगर अध्यक्ष सुरेन्द्र राई, जनजाती महासंघ बेलका नगर अध्यक्ष ललित राई रहेका थिए।
अतितिथिमा सुरक्षा निकायका प्रमुख, विभिन्न संघ सस्थाका प्रतिनिधि रहेका थिए ।
कार्यक्रममा संघमा आबद्ध ब्यापारिको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष पर्शुराम अधिकारी बाट बार्शिक प्रतिबेदन प्रस्तुत गरिएको थियो।
बार्षिक प्रतिबेदनमा संघको सदस्यता, संघले गरेका बर्तमानको काम र निकट भबिस्यमा गर्ने कामको बारेमा आबद्द सदस्यलाई जानकारी गराएका थिए।संघले आफ्ना सदस्यलाई प्रदान गरेको विभिन्न सेवा सुबिधाका बारेमा प्रस्तुत गरिएको थियो।
संघको बार्षिक आर्थिक प्रतिबेदन संघका कोषाध्यक्ष शेर बहादुर खत्रिले प्रस्तुत गरेका थिए।
आगामी बार्षिक कार्ययोजनामा बेलका नगरपालिकाले उपलब्ध गराएको जग्गामा उधोग बाणिज्य संघको आफ्नै भवन निर्माण गर्ने र बजारमा उपभोक्ता र ब्यापारिको सम्बन्ध सुधार सम्बन्धी विभिन्न खालका कार्यक्रम गरिने प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बेलका उधोग बाणिज्य संघले नगरपालिकासंग साझेदारी रुपमा काम गर्न अनुरोध गरेका छन।
ब्यापारिको हक हितका लागि नगरपालिकाले सधै सहकार्य गर्ने र बेलका नगरपालिकामा उत्पादित बस्तुको निर्यात गर्न समेत संघले सहयोग गर्नुपर्ने बताए। नगरले सन्चालन गर्न लागेको कोल्ड स्टोर बिधुतिय बसमा समेत उधोग बाणिज्य संघलाइ साझेदारी रुपमा काम गर्न अनुरोध गरेका थिए।
कार्यक्रममा बोल्दै बिशेश अतिथी गणेश बस्नेतले बेलकाको बिकास र सम्मृदिमा उघोग बाणिज्य संघको महत्त्वपूर्ण भुमिका हुने बताउदै संघले भिभिन्न ब्यापारिक महोत्सब आयोजना गर्नु पर्ने बताए। बस्नेतले संघको साधारण सभाको सफलताको शुभकामना ब्याक्त गरेका थिए।
कार्यक्रममा बोल्दै अन्य अतिथिले सस्थाको सफलता को शुभकामना ब्याक्त गरेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *