बेलकामा महिला मानव अधिकार रक्षा सन्जाल वडा वडामा बिस्तार

सदाबहार सम्बादाता
बेलका,पौष २०/
बेलका नगरपालिकामा रहेकोे महिला मानव अधिकार रक्षा सन्जालले वडा बिस्तारलाई अभियानको रूपमा अगाडि बढाएको छ । केही साता अगाडि मात्रै देबि गिरिको अध्यक्षता गठन भएको नगर कार्य समितिले आइतबार बेलका नगरपालिकाको वडा नम्बर ४ र २ मा वडा स्तरीय समिति गठन गरेका छन् ।
वार्ड न ४ मा दिपा गिरिको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको र वार्ड न २ मा सबिता तामङको अध्यक्षतामा २९ सदस्य कमिटी गठन गरिएको अध्यक्ष गिरिले बताइन् ।
अध्यक्ष गिरिले बाकी वडाहरुमा पनि क्रमागत रूपमा चाडै गठन गरेर सम्पुर्ण महिलाहरुलाइ सशक्तीकरण गर्नका निमित्त जिबिकोपार्जन तथा क्षमता अभिबृदी जस्ता कार्यक्रम गरिने बताइन ।
बेलका नगरपालिकामा विभिन्न किसिमका अधिकारका सस्था खुलेपनि महिला मानव अधिकार रक्षा संजाल जतिको सस्था नरहेको गिरिले दाबी गरिन् ।
त्यस्तै सस्थाका सचीव उषा माझीले विशेषगरी हरेक क्षेत्रमा महिलाको समान अधिकारको लागि लडाइ लडिने र महिलाहरुको हकहितका लागि सस्थाको पहलकदमि रहने बताइन् ।
महिला मानव अधिकार रक्षक सन्जाल ०६० सालमा स्थापना भैइ महिलाहरुको अधिकारको क्षेत्रमा काम गर्दै आएको सस्था हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *