बराहक्षेत्रमा टाउको छिनाएर हत्या

–दिपक पुरी
नडाहाः बराहक्षेत्र वडा १ मा एक महिलाको टाउको छिनाएर शरिरको भाग भन्दा टाढा फालिएको अवस्थामा मंगलवार प्रहरीले फेला पारेको छ । बराहक्षेत्र नगरपालिका वडा १ चतरा–रामपुर सडक खण्डमा पर्ने दुधपाने खोलामा एक महिलाको टाउको छिनाएर हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो ।
सशस्त्र प्रहरी बल चतराका प्रमुख अशोक न्यौपानेले भने ‘शव फेला परेको महिलाको टाउको छिनाएर कसैले हत्या गरेको हुनसक्छ ।’
उनका अनुसार हत्या भएका महिलाको शरीर एकातिर थियो भने टाउको शरीरको भाग फेला परेको ठाउँ देखि करिब २१ मिटर टाढा राखिएको फेला परेको हो । टाउको संगै छुरी समेत राखिएको बरामद गरिएका न्यौपानेले बताए ।
शव फेला परेकी महिलाको हुलिया हेर्दा तराई समुदायकी हुन सक्ने अनुमान गरिएको उनले बताए । उनका अनुसार हत्या १५÷२० दिन अगाडि भएको हुनसक्ने अनुमान गरिएको छ ।
शरीरको भाग कुहिएर किरा समेत परेको अवस्थामा फेला परेको हो । टाउमा पनि किरा परेर छुटाउनु समेत गह्रो अवस्थामा रहेको सशस्त्र प्रहरी बल प्रमुख न्यौपानेले बताए । उनले भने ‘शव फेला परेको महिलाको टाउको स्थानीयबासीहरुले घाँस काट्न आउँदा सिनुको गन्ध आएपछि के गन्हायो भनि हेर्दै जाँदा मान्छेको लाश देखि पछी प्रहरी लाई खबर गरेका हुन् ।’ उक्त टाउको सेउलाले छोपेर लुकाएको अवस्थामा थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख सरण कुमार दाहाल सहितको टोलि र सशस्त्र प्रहरी बलको टोली घट्नास्थलमा पुगेर शव नियन्त्रणमा लिई पोस्टमार्टमका लागि धरान स्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *