टापुवासिको समस्या सुन्न कांग्रेसको टोली श्रीलंकामा

संगम बिष्ट / चतरा
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको टोली स्थानियबासीको समस्या सुन्न र समधान खोजी गर्न श्रीलंका टपू पुगेको छ ।
शुक्रबार सुनसरी क्षेत्र नं ४ का उपसभापति तथा प्रदेश सभा (क) का सभापति उपेन्द्रबहादुर कट्वालको नेतित्वमा जिल्ला, क्षेत्र र नगर स्तरिय कांगेसका नेताहरु टपु पुगेका हुन् ।
नेपालको मरुभुमिको रुपमा व्याख्या गर्ने गरिएको श्रीलंका टपुमा सुनसरीको वराहक्षेत्र नगरपालिकाका वडा नं ६ र ९ को केही बस्तिहरु रहेको छ ।
सो बस्तिमा करिब ५ सय परिबारहरुको १३ हजार भन्दा बढि जनसंख्या रहेको छ ।
बि.स.२०३८/०३९ साल तिर सप्तकोशीले धार परिवर्तन गरेपछि बस्ति बनेको सो क्षेत्रमा भारत सरकारले कोशिको पुर्व पटी पाइलट च्यानको नाममा आफुखुसि नियन्त्रण गर्दा पश्चिम दिसामा केही महिना बर्ष देखि कट्टान सुरु गरि बस्ति जोखिम , बिधुत , खानेपानी र शिक्षा, स्वास्थ्य , सुरक्षा जस्ता कुराको अभाव भएको , र उदयपुरको वेलकाले आफु खुसि स्थानिय टपुबासिको भावना बिपरित सिमान्कन गरेको भन्दै स्थानियबासीले सरकार नभएको जस्तो गुनासो गरिरहदा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जोडतोडको साथ स्थानीयको अभावलाई पूरा गर्न बस्तिको संरक्षण गरि आधारभुत आवश्यक्ता गर्न वर्तमान सरकारले चासो नदेखाएको अन्दै सरकारले गफ मात्र गर्छ काम गर्देन भन्ने भनाई टपुबासीको पिडा र समस्याबाट प्रष्ट हुने नेता उपेन्द्रबहादुर कट्वाल बताउछन् ।
स्थानिय, प्रान्तिय र केन्द्रीय सरकार गफाडी मात्र नभइ नालायक रहेको समेत हुन्ने आरोप लगाउदै नेकपा सरकारमा छ उसले चाहे टपुलाइ हरावर बनाउन सक्छ तर चाहदैन बरु प्रमुख प्रतिपक्ष दलका कांग्रेसका केन्द्रीय नेता ज्ञानेन्द्र कार्किले बिजुली बत्तिको योजना आफ्नो पहलमा ल्याएर बिधुतको प्रबन्ध मिलाउन लाग्नु भएको छ।
कट्वालले भन्ने एक बर्ष अगाडि २ सय मिटर टाढा भएको कोसिले कटान गरेर यस बर्ष २० घरलाई बिस्ताबित बनाइ सक्दा पनि सरकारलाइ कुनै बास्ता छैन भन्दै गत स्थानिय निर्बाचनमा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार बाबुराम बिष्टले भन्ने टपुबासीलाई सरकारले नेपाली नागरिक हैनन गरे जस्तो गरेको छ ।उनिहरु आफ्नै देशमा सरनार्थी जस्तै भएर जिबन यापन गरिरहेको भन्दै उनले दुख ब्यक्त गरे । उनिहरुले हाल देशमा नया संरचना सहितको संविधान अनुरुप तीन तहको कम्युनिस्टको सरकार भए पनि साथ सहयोग नपाएको गुनासो टपुबासी गरेका सुन्दा दुख लागेको बताए।
भन्ने अर्का नेपाली कांग्रेसका युवा नेता नेपाली कांग्रेस तरुण दलका सचिब मनोज तामाङ्गले बर्षनी ६/७ मिटर कोसिले पुर्वबाट कटान गरिरहेको र बर्षनी सयौ घर बिस्ताबित हजार हेक्टर जमिन कटान गरिरहेको तर सरकार बेखव भएर बसेको सुन्दा दुख लागेको बताए ।उनले सरकारलाई बस्तिको संरक्षण र स्थानियबासीको जीवन रक्षा गर्न माग समेत गरे ।उनले उदयपुरले योजनाबद्ब रुपमा सुनसरीको बस्तिलाइ आफ्नो भन्दा वराहक्षेत्रका जनप्रतिनिधि चुप लागेर बस्नुले आफुलाई आश्चय लागेको बताए । कांग्रेसको टोलिमा कट्बाल, बिष्ट , तामाङ सहित वराहक्षेत्र तरुण सभापति पवन चामङ्लिङ्ग, सह सचिब तेजबहादुर गरुङ्ग लगाएका दुई दर्जन भन्दा बढि नेता कार्यक्रताको उपतिथि रहेको थियो ।
सप्तकोसीको आतङ्कमा बसेको तर सरकारले पिढा राख्दा बास्ता नगर्नु सरकारको अकर्मन्यता रहेको उनिहरुको तर्क थियो ।
सालै पिछे कोशिले ३०/४० घर बगाउने गरे पनि सरकार तथा सरोकारवाला निकायमा सुनुवाइ नै नगर्ने भन्दै स्थानिय टपुबासी सरकार खोजि रहेका छन् । वराहक्षेत्रको २ बटा वडा सहित उदययपुर, सप्तरी जस्ता जिल्लाका हजारौ बस्तिलाई जोखिममा पारेर सरकार जनता मारेर हात्ती खेल्ने हात्ती सार बनाउने सरकारको योजनाको समेत बिरोध गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई स्थानिय टपुवासीले माग समेत गरे। उनिहरुले सुनसरीको वराहक्षेत्रले सिमान्कन गर्न नसक्दा उदयपुरको वेलकाले सिमा अतिक्रमण गर्दा समेत समेत वराहक्षेत्र चुप लागेको बिषयलाइ उठान गर्न कांग्रेसलाई माग समेत गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *